'जलंचा' नेवारी शव्द भएर पनि कति नेवारहरूलाई यसको अर्थ थाहा नहुन सक्छ । यस नामपदले जनाउने बस्तु हाल चलनचल्तीमा नभएकाले यसको अर्थ कम मात्रलाई थाहा भएको होला । अझ नया पुस्ताले त यो शव्द सुन्दै नसुनेको पनि हुन सक्दछ । विक्रम संवतको अघिल्लो स्रहशताब्दीमा जन्मेका नेवार समुदायका ठूल्बाआमा र बाजेबज्यै तथा पुरातत्वमा रुची राख्ने कसै कसैलाई मात्र यस शब्दको अर्थ थाहा होला । नयाँ पुस्तामा कसैलाई यसको अर्थ थाहा छ भने उसको घरसंगै जलंचा छ भन्ने कुरा पक्का हुन्छ ।
जलंचालाई मध्यकालिन ट्यांकीको रुपमा बुझदा सजिलो हुन्छ । यो करीव दर्ुइ मिटर अग्लो, डेढ मिटर लाम्चो र आधा मिटर मोर्टाईको सानो घर आकारको ट्यांकी हो । यस भित्र एउटा ठूलो ढुंगा खोपेर बनाइएको चारपाते भाँडो हुन्छ । यस भाँडोलाईर् इंट्टा वा ढुंगा बिछ्याए जमीनबाट माथि उठाइएको हुन्छ । यसको माथिर् इट्टाले छाना जस्तो गरी छाएको हुन्छ । र यसमा गजूर पनि हुन्छ । जलंचाको अगाडि पट्टी धारा हुन्छ । धारा स्तन जस्तै अलि उठेको हुन्छ । यस उठेको भागको बीचमा पर्ने गरी पानी बाहिर निस्कने प्वाल हुन्छ । ढुङ्गेधारामा जस्तै यस जलंचाको धारा मुनि पनि भागीरथीको आकृति अंकित हुन्छ । भागीरथी एक पौराणिक तपश्वी हुन् । पुराण अनुसार उनले जलकी देवी गंगालाई र्स्वर्गबाट धर्तीमा ल्याएका थिए ।
जलंचा धारा भने होइन । यसबाट तर्किने पानी सोझै प्राकृतिक श्रोतबाट आएके हुँदैन । नजिकैको श्रोतबाट मानिसले बोकेर ल्याएको पानी जलंचाको पछाडिबाट भित्र हालिन्छ । यस प्रयोजनको लागि जलंचाको पछाडि कचौरा जस्तो आकारमा खोपिएको ढुंगा राखिएको हुन्छ । जसमा पानी राखेपछि पानी भित्रको ढुंगाको ट्यांकी वा भाँडोमा जम्मा हुन्छ । जलंचाको अघिल्लो हिसामा राखिएको धारा सानो लठ्ठीले तालिएको हुन्छ । पानी तिर्खा लागेका ब्यक्ति आएर प्वालबाट लठ्ठी निकालेर पानी पिउँथ्यो र पानी पिइसकेपछि फेरि लठ्ठीले प्वाल तालिन्थ्यो ।
जलंचा र्सार्वजनिक स्थानमा राखिएको हुन्छ । यो मुख्यतया बटुवाहरूलाई लक्षित गरेर बनाइएको हुन्छ । जलंचा विशेष गरी चाँर्डपर्वमा प्रयोगमा ल्याइने गरिएको बुढापाकाहरूके भनाई छ । भक्तपुर वडा नं.-४ नगंचाका ७५ वर्षीय सिंहवीर प्रजापतिका अनुसार बिस्केट, गाईजात्रा जस्ता ठूल्ठूला चाँड पर्वमा जलंचा प्रयोगमा ल्याइन्थ्यो । यी चाँर्डपर्वहरूमा नगर बाहिरका मानिसहरू समेतको अधिकतम सहभागीता हुन्छ । यस्ता चाँर्डपर्वमा खानेपानीको सुलभ आपर्ूर्तिमा जलंचाको अहम् भूमिका हुन्थ्यो ।
जलंचा मानिसको बाक्लो उपस्थिति हुने चोक र बाटाहरूमा बनाइएको पाइन्छ । भक्तपुरको टौमढीमा भैरव मन्दिरसंगै बायाँपट्टि, तचपालमा दत्तात्रय मन्दिरको बायाँपट्टि त्यसप्रकारको जलंचा रहेका छन् । त्यसैगरी तेखाचो बंशगोपाल स्थिति बाराही द्योछेँको बाँयापट्टि पनि जलंचा रहेको छ । क्वाथण्डौको नारायण मन्दिर, चण्डेश्वरी मन्दिरको बायाँपट्टि पनि जलंचाहरू छन् । साथै उपत्यकाका विभिन्न स्थानमा यस प्रकारका जलंचाहरू प्रयोगमा नआएपनि अस्तित्वमा रहेका छन् । देवी देवताको मन्दिरको बायाँपट्ट िनै त्यस प्रकारको जलंचाहरू राखिनुमा पनि विशेष धार्मिक कारण हुनसक्छ ।
मल्लकालीन पाँचतल्ले मन्दिर र पचपन्न झयाले दरवारको तुलनामा जलंचाको भौतिक संरचना कलात्मक दृष्टिले मामुली देखिन्छ । टौमढीको जलंचा बाहेक अन्य जलंचाहरूमा सामान्य कालिगडी मात्रै छ । कलात्मक दृष्टिले सामान्य देखिए पनि यी जलंचाल हाम्रो अभूतपर्ूव सभ्यतालाई झल्काउँछ । हालका दिनहरूमा आएर हामी नेपालीहरूमा बोतलकोे पानी किनेर खाने चलन शुरु भैसकेको छ । केहीँ वर्षअघि सम्म पनि पानी किनेर खाने कुरा नेपालीहरूको निम्ति अनौठोको विषय थियो । नेपाली सभ्यतामा एक घुट्को पानी जसले पनि जहाँ पनि पिउँन दिने चलन छ । पानी पिलाउनु ठूलो धर्मको रुपमा लिने गरिन्छ । मरेको मानिसलाई जलअर्पण गर्दा मृतात्माको उद्धार हुन्छ भनी विश्वास गर्ने नेपाली ज्यूदो मानिसलाई पानी नपिलाउने त कुरै हुँदैन । यहीँ धार्मिक सिद्धान्तको जगमा जलंचाको निर्माण भएको स्पष्ट देखिन्छ ।
क्वाथण्डौंका गणेशबहादुर मुस्याख्वाःका अनुसार उनका बाजे बराजुले क्वाथण्डांैको नारायण मन्दिर संगैको जलंचा निर्माण गरेका हुन् । बटुवाको प्यास मेटी धर्म कमाउन उनका पर्ूखाले बनाएको जलंचाले अब बटुवाको प्यास मेट्नु परेको छैन । यद्यपि जलंचाको आयस्ता आधा रोपनी जग्ग्ाा रहेको र वर्षो दर्ुइ पटक समय्बजी बाँड्ने चलन हाल सम्म पनि निरन्तर जारी राखेको मुस्याख्वाःको कथा छ ।
कलधाराको विकाससंगै जलंचाको उपयोगीतामा कमी आएको देखिन्छ । वंशगोपालको हर्षहादुर अवालका अनुसार विक्रम संवत २०११ सालतिर कलधारा आएपछि जलंचाको उपयोगमा कमी आएको हो । जलंचाका धेरै विकल्पहरू हुँदा हुँदै पनि भक्तपुर नगरपालिका वडा नं.-८ का स्थानीय बासिन्दाहरूले हालैका दिनहरूमा जलंचालाई पुनः प्रयोगमा ल्याएर एउटा उल्लेखनीय नमूना प्रस्तुत गरेका छन् । चण्डेश्वरी मन्दिर बसंगैको जलंचामा आधुनिक प्रविधिको प्रयोग गरी उपयोगमा ल्याइएको छ । संगैकोर् इनारबाट पम्पको प्रयोग गरी प्लाष्टिकको ट्यांकीमा पानी भरी पाइपबाट जलंचाको धारामा जोडिएको छ । यसबाट हाम्रो संस्कृति पनि जोगिएको छ भने पानीको आपर्ूर्तिमा पनि मद्दत पुगेको छ । स्थानीय बासिन्दाको पहलमा सम्भव भएको यस किसिमको कामलाई नमुना मानेर अरु सम्भावित स्थानहरूमा पनि लागू गर्न सकिन्छ । टौमढी, तचपाल र बाराही द्योछेँमा अवस्थिति जलंचाहरूसंगर्ैर् इनारहरू पनि छन् । यर्ीर् इनारहरू सफा गरी त्यसबाट ट्यांकीमा जम्मा गरी जलंचालाई पुनः प्रयोगमा ल्याउन सकिन्छ ।
पानीको सुलभ आपर्ूर्तिसंगै जलंचाले अर्को पनि विशिष्ट महत्व बोकेको छ । सबै ढुंगेधाराहरूमा जस्तै सबै जलंचाहरूमा रहेका भागिरथीहरूको आकृतिले हाम्रो संस्कृतिमा रहेको कृतज्ञताको संस्कारलाई उजागर गर्दछ । भागीरथी पौरानिक तपश्वी हुन् । पुराणमा आफ्ना पितृको उद्धार गर्न पानीका देवी गंगालाई धर्तीमा ल्याएको श्रेय भागिरथीलाई दिइएको छ । भनिन्छ, तीन पुस्ताको अथक प्रयास र कठोर तपश्या पछि बल्ला भागीरथीले गंगालाई धर्तीमा ल्याउन सफल भएका थिए । त्यसैले हाम्रो बोलीचालीको भाषामा कठोर परिश्रम र अथक प्रयासलाई भगीरथ प्रयत्न भनिन्छ । यही प्रयत्न र परिश्रम प्रति आभार ब्यक्त गर्न हाम्रा पर्ुखाले ढुंगेधारा र जलंचा जस्ता पानीका श्रोतहरूमा भागीरथीलाई स्थान दिएका हुन् ।
प्राज्ञिक क्षेत्रमा अनाधिकृत प्रयोग (plagiarism) अपराधको रुपमा लिइन्छ । अनाधिकृत नक्कल (piracy) र प्रतिलिपि अधिकार (copy right)को हनन् नैतिक रुपमा निन्दनीय र कानूनी रुपमा दण्डनीय अपराधहरू हुन् । हालका दिनहरूमा यी विषयहरूमा चर्का बहसहरू जारी छन् । यस सर्न्दर्भमा जलंचाहरूमा भागीरथीको आकृति भागीरथीलाई आभार ब्यक्त गर्न गरिएको उद्दरण -ऋष्तबतष्यल) हो । जसले हाम्रो कृतज्ञताको संस्कारलाई दर्शाइरहेको छ ।
त्यसैले हाम्रो सांस्कृतिक गौरवलाई बचाऔं । पानीको धारा घर घरमा पुग्यो भन्दैमा हामीले आफ्नो सेवाभाव र कृतज्ञताको संस्कारलाई भुल्नु कुनै कारणले मुनासिब ठहरिंदैन । जलंचाको संरक्षण गरिने पर्छ । यस संगै सम्भाव भए सम्म समेत भागिरथीको आकृति अंकित गरिनु पर्छ । यसो गर्दा हाम्रा सन्तान दरसन्तानले हाम्रो सभ्य अतित बुझन पाउँछन् र अझ सभ्य र सुसंस्कृत बन्ने प्रेरणा लिन सक्छन् ।