Saturday, August 30, 2008

सेवा भाव र कृतज्ञताको प्रतीक : 'जलंचा'

'जलंचा' नेवारी शव्द भएर पनि कति नेवारहरूलाई यसको अर्थ थाहा नहुन सक्छ यस नामपदले जनाउने बस्तु हाल चलनचल्तीमा नभएकाले यसको अर्थ कम मात्रलाई थाहा भएको होला अझ नया पुस्ताले यो व्द सुन्दै नसुनेको पनि हुन सक्दछ विक्रम संवतको अघिल्लो स्रहशताब्दीमा जन्मेका नेवार समुदायका ठूल्बाआमा बाजेबज्यै तथा पुरातत्वमा रुची राख्ने कसै कसैलाई मात्र शब्दको अर्थ थाहा होला नयाँ पुस्तामा कसैलाई यसको अर्थ थाहा भने उसको घरसंगै जलंचा भन्ने कुरा पक्का हुन्छ

जलंचालाई मध्यकालिन ट्यांकीको रुपमा बुझदा सजिलो हुन्छ यो करीव दर्ुइ िटर अग्लो, डेढ मिटर लाम्चो आधा मिटर मोर्टाईको सानो घर आकारको ट्यांकी हो यस भित्र एउटा ठूलो ढुंगा खोपेर बनाइएको चारपाते भाँडो हुन्छ यस भाँडोलाईर् इंट्टा वा ढुंगा बिछ्याए जमीनबाट माथि उठाइएको हुन्छ यसको माथिर् इट्टाले छाना जस्तो गरी छाएको हुन्छ यसमा गजूर पनि हुन्छ जलंचाको अगाडि पट्टी धारा हुन्छ धारा स्तन जस्तै अलि उठेको हुन्छ यस उठेको भागको बीचमा पर्ने गरी पानी बाहिर निस्कने प्वाल हुन्छ ढुङ्गेधारामा जस्तै यस जलंचाको धारा मुनि पनि भागीरथीको आकृति अंकित हुन्छ भागीरथी एक पौराणिक तपश्वी हुन् पुराण अनुसार उनले जलकी देवी गंगालाई र्स्वर्गबाट धर्तीमा ल्याएका थिए

जलंचा धारा भने होइन यसबाट तर्किने पानी सोझै प्राकृतिक श्रोतबाट आएके हुँदैन नजिकैको श्रोतबाट मानिसले बोकेर ल्याएको पानी जलंचाको पछाडिबाट भित्र हालिन्छ यस प्रयोजनको लागि जलंचाको पछाडि कचौरा जस्तो आकारमा खोपिएको ढुंगा राखिएको हुन्छ जसमा पानी राखेपछि पानी भित्रको ढुंगाको ट्यांकी वा भाँडोमा जम्मा हुन्छ जलंचाको अघिल्लो हिसामा राखिएको धारा सानो लठ्ठीले तालिएको हुन्छ पानी तिर्खा लागेका ब्यक्ति आएर प्वालबाट लठ्ठी निकालेर पानी पिउँथ्यो पानी िइसकेपछि फेरि लठ्ठीले प्वाल तालिन्थ्यो

जलंचा र्सार्वजनिक स्थानमा राखिएको हुन्छ यो मुख्यतया बटुवाहरूलाई लक्षित गरेर बनाइएको हुन्छ जलंचा विशेष गरी चाँर्डपर्वमा प्रयोगमा ल्याइने गरिएको बुढापाकाहरूके भनाई भक्तपुर वडा नं.- नगंचाका ७५ वर्षीय सिंहवीर प्रजापतिका अनुसार बिस्केट, गाईजात्रा जस्ता ठूल्ठूला चाँड पर्वमा जलंचा प्रयोगमा ल्याइन्थ्यो यी चाँर्डपर्वहरूमा नगर बाहिरका मानिसहरू समेतको अधिकतम सहभागीता हुन्छ यस्ता चाँर्डपर्वमा खानेपानीको सुलभ आपर्ूर्तिमा जलंचाको अहम् भूमिका हुन्थ्यो

जलंचा मानिसको बाक्लो उपस्थिति हुने चोक बाटाहरूमा बनाइएको पाइन्छ भक्तपुरको टौमढीमा भैरव मन्दिरसंगै बायाँपट्टि, तचपालमा दत्तात्रय मन्दिरको बायाँपट्टि त्यसप्रकारको जलंचा रहेका छन् त्यसैगरी तेखाचो बंशगोपाल स्थिति बाराही द्योछेँको बाँयापट्टि पनि जलंचा रहेको क्वाथण्डौको नारायण मन्दिर, चण्डेश्वरी मन्दिरको बायाँपट्टि पनि जलंचाहरू छन् साथै उपत्यकाका विभिन्न स्थानमा यस प्रकारका जलंचाहरू प्रयोगमा नआएपनि अस्तित्वमा रहेका छन् देवी देवताको मन्दिरको बायाँपट्ट िनै त्यस प्रकारको जलंचाहरू राखिनुमा पनि विशेष धार्मिक कारण हुनसक्छ

मल्लकालीन पाँचतल्ले मन्दिर पचपन्न झयाले दरवारको तुलनामा जलंचाको भौतिक संरचना कलात्मक दृष्टिले मामुली देखिन्छ टौमढीको जलंचा बाहेक अन्य जलंचाहरूमा सामान्य कालिगडी मात्रै कलात्मक दृष्टिले सामान्य देखिए पनि यी जलंचाल हाम्रो अभूतपर्ूव सभ्यतालाई झल्काउँछ हालका दिनहरूमा आएर हामी नेपालीहरूमा बोतलकोे पानी किनेर खाने चलन शुरु भैसकेको केहीँ वर्षअघि सम्म पनि पानी किनेर खाने कुरा नेपालीहरूको निम्ति अनौठोको विषय थियो नेपाली सभ्यतामा एक घुट्को पानी जसले पनि जहाँ पनि पिउँन दिने चलन पानी पिलाउनु ठूलो धर्मको रुपमा लिने गरिन्छ मरेको मानिसलाई जलअर्पण गर्दा मृतात्माको उद्धार हुन्छ भनी विश्वास गर्ने नेपाली ज्यूदो मानिसलाई पानी नपिलाउने कुरै हुँदैन यहीँ धार्मिक सिद्धान्तको जगमा जलंचाको निर्माण भएको स्पष्ट देखिन्छ

क्वाथण्डौंका गणेशबहादुर मुस्याख्वाःका अनुसार उनका बाजे बराजुले क्वाथण्डांैको नारायण मन्दिर संगैको जलंचा निर्माण गरेका हुन् बटुवाको प्यास मेटी धर्म कमाउन उनका पर्ूखाले बनाएको जलंचाले अब बटुवाको प्यास मेट्नु परेको छैन यद्यपि जलंचाको आयस्ता आधा रोपनी जग्ग्ाा रहेको वर्षो दर्ुइ पटक समय्बजी बाँड्ने चलन हाल सम्म पनि निरन्तर जारी राखेको मुस्याख्वाःको कथा

कलधाराको विकाससंगै जलंचाको उपयोगीतामा कमी आएको देखिन्छ वंशगोपालको हर्षहादुर अवालका अनुसार विक्रम संवत २०११ सालतिर कलधारा आएपछि जलंचाको उपयोगमा कमी आएको हो जलंचाका धेरै विकल्पहरू हुँदा हुँदै पनि भक्तपुर नगरपालिका वडा नं.- का स्थानीय बासिन्दाहरूले हालैका दिनहरूमा जलंचालाई पुनः प्रयोगमा ल्याएर एउटा उल्लेखनीय नमूना प्रस्तुत गरेका छन् चण्डेश्वरी मन्दिर बसंगैको जलंचामा आधुनिक प्रविधिको प्रयोग गरी उपयोगमा ल्याइएको संगैकोर् इनारबाट पम्पको प्रयोग गरी प्लाष्टिकको ट्यांकीमा पानी भरी पाइपबाट जलंचाको धारामा जोडिएको यसबाट हाम्रो संस्कृति पनि जोगिएको भने पानीको आपर्ूर्तिमा पनि मद्दत पुगेको स्थानीय बासिन्दाको पहलमा सम्भव भएको यस किसिमको कामलाई नमुना मानेर अरु सम्भावित स्थानहरूमा पनि लागू गर्न सकिन्छ टौमढी, तचपाल बाराही द्योछेँमा अवस्थिति जलंचाहरूसंगर्ैर् इनारहरू पनि छन् यर्ीर् इनारहरू सफा गरी त्यसबाट ट्यांकीमा जम्मा गरी जलंचालाई पुनः प्रयोगमा ्याउन सकिन्छ

पानीको सुलभ आपर्ूर्तिसंगै जलंचाले अर्को पनि विशिष्ट महत्व बोकेको सबै ढुंगेधाराहरूमा जस्तै सबै जलंचाहरूमा रहेका भागिरथीहरूको आकृतिले हाम्रो संस्कृतिमा रहेको कृतज्ञताको संस्कारलाई उजागर गर्दछ भागीरथी पौरानिक तपश्वी हुन् पुराणमा आफ्ना पितृको उद्धार गर्न पानीका देवी गंगालाई धर्तीमा ल्याएको श्रेय भागिरथीलाई दिइएको भनिन्छ, तीन पुस्ताको अथक प्रयास कठोर तपश्या पछि बल्ला भागीरथीले गंगालाई धर्तीमा ल्याउन सफल भएका थिए त्यसैले हाम्रो बोलीचालीको भाषामा कठोर परिश्रम अथक प्रयासलाई भगीरथ प्रयत्न भनिन्छ यही प्रयत्न परिश्रम प्रति आभार ब्यक्त गर्न हाम्रा पर्ुखाले ढुंगेधारा जलंचा जस्ता पानीका श्रोतहरूमा भागीरथीलाई स्थान दिएका हुन्

प्राज्ञिक क्षेत्रमा अनाधिकृत प्रयोग (plagiarism) अपराधको रुपमा लिइन्छ अनाधिकृत नक्कल (piracy) प्रतिलिपि अधिकार (copy right)को हनन् नैतिक रुपमा निन्दनीय कानूनी रुपमा दण्डनीय अपराधहरू हुन् हालका दिनहरूमा यी विषयहरूमा चर्का बहसहरू जारी छन् यस सर्न्दर्भमा जलंचाहरूमा भागीरथीको आकृति भागीरथीलाई आभार ब्यक्त गर्न गरिएको उद्दरण -ऋष्तबतष्यल) हो जसले हाम्रो कृतज्ञताको संस्कारलाई दर्शाइरहेको

त्यसैले हाम्रो सांस्कृतिक गौरवलाई बचाऔं पानीको धारा घर घरमा पुग्यो भन्दैमा हामीले आफ्नो सेवाभाव कृतज्ञताको संस्कारलाई भुल्नु कुनै कारणले मुनासिब ठहरिंदैन जलंचाको संरक्षण गरिने पर्छ यस संगै सम्भाव भए सम्म समेत भागिरथीको आकृति अंकित गरिन पर्छ यसो गर्दा हाम्रा सन्तान दरसन्तानले हाम्रो सभ्य अतित बुझन पाउँछन् अझ सभ्य सुसंस्कृत बन्ने प्रेरणा लिन सक्छन्

1 comment:

online money said...

your report was damm good.

thanks for your observation in bhaktapur's history.

but at this time we must think our future life. not just saving our old cultures.as we can see our country is becoming very poorer .not like our Bhupatindra's century. we must think about it why our country was riches in the past? and why becoming poorer in this 21 century? other countrys are reaching the moon to live but why are we still praying sun and moon?

in my observance itsmight be in the present our young genaration do not think about future and they dont have time for imagining new future life style.

our old genaration makes huge cultures.and now we just enjoying them!!!we just trying to save them. with celebrating same festival.

if we still doing this kind of things and enjoying with drinking,fighting in festival what we will have to show our child? WE WILL TEACH OUR CHILD SAME STORY THAT IN THE PAST BHUPATINDRA'S CENTURY OUR COUNTRY WAS NO.1 IN THE WORLD AND BUILDED WORLD'S TALLEST PAGODA TEMPLE (NYATAPOLA.)what our child will learn is just old things,just past things which all teaches us by our older ganaration.

i dont mean to say we totally shuld stop celabreting our older cultures.but we shuld move our young ganaration to new life style we must let them learn new things so that they also can competition with other country.so lets learn from older things and lets teach our young ganaration to learn new things in thier life. lets make our ganaration powerfull for our future!!!!

krishna ram sinkhwal
ward no.11,bhaktapur,nepal

 

© balaram-prajapati | Balaram

count web site visits
This Blog is Visited